नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारीमा दिपक कुमार

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारीमा दिपक कुमार


बैकिङ्ग समाचार ।   

नेपाल एसबिआई बैंकको प्रबन्ध निर्देशक वा प्रमुख कार्यकारी अधिकृतमा दिपक कुमार डेलाई नियुक्त गरेको छ।

हाल प्रमुख कार्यकारी अधिकृत रहेका अनुकुल भट्नागरको अवधि सकिएपछि बैंकको नेतृत्व दिपक कुमारलाई दिने बैंक सञ्चालक समितिले निर्णय गरेको हो ।

बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डियाको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरी प्रबन्ध सञ्चालक तथा बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा बाहल रहेका अनुकूल भट्नागरको स्थानमा उनको कार्यकाल समाप्त भएपछि नियुक्त गर्ने गरी दिपक कुमार डेलाई प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा मनोनित गरेको हो ।

सोही अनुसार एसबिआई बैंक नेपालको सञ्चालक समितिले पनि भट्नागरको कार्यकाल सकिएपछि दिपक कुमार डेलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।