दोलखामा लक्ष्मी बैंकका दुईवटा एक्सटेन्सन काउण्टर 

दोलखामा लक्ष्मी बैंकका दुईवटा एक्सटेन्सन काउण्टर 


बैकिङ्ग समाचार ।   
लक्ष्मी बैंकले दोलखामा दुईवटा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

बैंकले छैटौं एक्स्टेन्सन काउण्टर दोलखाको तामाकोशी गाउँपालिका–३, जाफे र सातौं एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाउँपालिका–८ सुनखानीमा स्थापना गरेको छ ।

बैंकको ४८ जिल्लामा १०१ शाखासहित चारवटा हस्पिटल सेवा काउण्टर पनि छन् । सो बैंकका १ सय ५१ एटीएम र २५ सयभन्दा बढी एजेन्ट तथा ६१ वटा शाखारहति बैकिङ्ग एजेन्ट पुगेका छन् ।