रिलायन्स् फाइनान्स् र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता

रिलायन्स् फाइनान्स् र एफवान सफ्टबीच मोबाईल बैंकिङका लागि सम्झौता


बैकिङ्ग समाचार ।   
रिलायन्स् फाइनान्स्ले मोबाईल बैकिङ्ग सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ।

सम्झौतामा रिलायन्स् फाइनान्स्का सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भयो।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने ‘रिलायन्स् फाइनान्स्सँग हामी पहिलोपटक सहकार्य गर्न पाउँदा खुसी छौँ। हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’।

यसले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ। मोबाईलबाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ।

रिलायन्स् फाइनान्स् लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो।

बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तर्गत नेपालको ८४औँ फाइनान्स् कम्पनीका रूपमा सुरू भएको थियो ।

विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैकिङ्ग डिजिटल कारोबारका लागि प्रभावकारी हुने कम्पनीको विश्वास छ।