सानिमा जनरल इन्स्योरेन्सको नाफा ५८ प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सको नाफा ५८ प्रतिशतले बढ्यो


बैकिङ्ग समाचार ।   

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ५८ प्रतिशतले बढेको छ।

निर्जिवन बीमा कम्पीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको लेखापरीक्षण नभएको वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड ५६ लाख २९ हजार नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष ३ करोड ६२ लाख ६२ हजार आर्जन गरेको थियो।

कम्पनीको कुल आय पनि अघिल्लो वर्षको तुलनामा बढेर ९ करोड ७१ लाख पुगेको छ। कम्पनीले लगानीबाटै ५ करोड आम्दानी गरेको छ।

अघिल्लो वर्षको तुलनाका करिब दोब्बर बीमा शुल्क संकलन गरेको कम्पनीको ७० करोडमा यथावत रहेको छ।