आशा लघुवित्तको नयाँ सञ्चालक समिति गठन, सिइओमा जया लोहनी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।

आशा र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जपछि  बनेको  आशा लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको नियुक्ती गरिएको छ ।

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैंठकले विमल डंगोल, प्रदीप कुमार तिमिलसिना र विजय कुमार क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको छ भने  प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जया लोहनीलाई नियुक्त गरेको छ ।

त्यस्तै, कम्पनीको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाललाई कम्पनी सचिवको जिम्मेवारी दिएको जनाइएको छ ।