नविल बैंकको नाफा ३ अर्ब ५६ करोड, ३० % लाभांश वितरण गर्नसक्ने

नविल बैंकको नाफा ३ अर्ब ५६ करोड, ३० % लाभांश वितरण गर्नसक्ने


बैकिङ्ग समाचार ।  

नविल बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गएको वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष ४ अर्ब २३ करोड नाफा कमाएको बैंकको नाफा यो वर्ष १५ प्रतिशतले घटेको छ। खराब कर्जा तथा अन्य नोक्सानीको जोखिम न्यूनीकरणका लागि अघिल्ला वर्षको तुलनामा धेरै रकम खर्च गर्नुपरेका कारण नाफामा असर परेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो नियमका कारण यस्तो रकम बढाउनुपरेको हो।

बैंकको कूल ब्याज आम्दानी १६ अर्ब ५२ करोड रुपैयाँ छ भने खुद ब्याज आम्दानी ७ अर्ब ५ करोड रुपैयाँ रहेको छ। बैंकको कूल ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा बढेको छ भने खुद ब्याद आम्दानी घटेको छ। बैंकले लिने ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा बढेपनि दिने ब्याज आम्दानी घटेको छ। यही कारण खुद ब्याज आम्दानी घटेको हो।

बैंकले शुल्क तथा कमिसनबाट गर्ने आम्दानी गएको वर्ष अघिल्लो वर्षको तुलनामा बढेको छ। अघिल्लो वर्ष १ अर्ब २२ करोड आम्दानी भएकोमा गएको वर्ष १ अर्ब ३० करोड पुगेको छ। गएको वर्ष ट्रेडिङ आम्दानी बढाउन सफल भएपनि बैंकले अन्य व्यापारबाट हुने आम्दानी बढाउन सकेको छैन। सोही कारण समग्रमा सञ्चालन आम्दानी घटेको छ। गएको वर्ष बैंकले खुद सञ्चालन आम्दानी ८ अर्ब ५१ करोड रुपंयाँ गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब भएको थियो।

सञ्चालन खर्च अघिल्लो वर्षको तुलनामा बढाएको बैंकको सञ्चालन मुनाफा ५ अर्ब १३ करोड रुपैयाँ गरेको छ। यस्तो नाफा अघिल्लो वर्ष ६ अर्ब ५ करोड थियो।

३० प्रतिशत लाभांश वितरण गर्नसक्ने

वित्तीय विवरण अनुसार बैंकको गत आर्थिक वर्षको नाफाबाट ३ अर्ब  ४ करोड २२ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। १० अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकले ३०.१२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ।

बैंकले गत आवमा १ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७ र कर्जा लगानी १६ प्रतिशतले वृद्धि भएको छ।

कोरोना भाइरस संक्रमणका कारण चार महिने लकडाउनको कारण बैंकको खुद ब्याज आम्दानी भने १.९४ प्रतिशतले घटेर ७ अर्ब २ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा १५.४८ प्रतिशतले संकुचन आई ५ अर्ब ९ करोड ३६ लाख रुपैयाँमा झरेको छ।