हिमालयन लघुवित्तको वित्त विभाग प्रमुखमा दाहाल 


काठमाडौं – हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्त विभाग प्रमुखमा सुमन कुमार दाहाल नियुक्त भएका छन् ।

कम्पनीको हालसम्म सो पदमा अंकित उपाध्यायले कार्यभार सम्हाल्दै आएकोमा अब उनीको सट्टामा दाहाल नियुक्त हुने भएका हुन् । दाहालको कार्यकाल आउँदो असोज १ गतेदेखि सुरु हुनेछ ।