आइपीओ निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू,  न्युनतम ५० कित्ता पाईने

आइपीओ निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू,  न्युनतम ५० कित्ता पाईने


बैकिङ्ग समाचार । 
बुक विल्डिङ्ग विधिबाट आईपिओ निष्काशन हुँदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले लागु गरेको बुक विल्डिङ्ग  निर्देशिकाले यस्तो ब्यबस्था गरेको हो ।

जस अनुसार सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्नेछ । त्यस्तै आईपिओ बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी शेयर बाडफाँट गर्नु पर्ने छ ।

त्यस्तै सर्बसाधारणलाई आईपिओ निष्काशन गर्दा कट अफ मूल्य भन्दा १० प्रतिशत भन्दा कममा शेयर निष्काशन गर्नु पर्ने छ ।
\"\"