एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँट, ३ लाख बढीले पाए १० कित्ता

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँट, ३ लाख बढीले पाए १० कित्ता


बैकिङ्ग समाचार ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ मंगलबार बाँडफाँट गरिएको कम्पनीको बिक्री प्रवन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको साधारण सेयरका लागि ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले सेयर हात पारेको सानिमा क्यापिटलले जानकारी दिएको छ ।