राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना, मुद्रा व्यवस्थापन विभाग सिल 

राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना, मुद्रा व्यवस्थापन विभाग सिल 


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारीअनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र बैंकले बताएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ । विभाग सिल गरेर उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको राष्ट्र बैंकले बताएको छ ।