एनआईसी एशिया क्यापिटलले बोलायो साधारण सभा, बैंकलाई साढे ३ करोड लाभांश

एनआईसी एशिया क्यापिटलले बोलायो साधारण सभा, बैंकलाई साढे ३ करोड लाभांश


बैकिङ्ग समाचार  ।
एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०७६/०७७ को कमाईबाट १८ प्रतिशत नगद लाभांश बितरण गर्ने भएको छ । क्यापिटल सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा बोलाउने निर्णय गर्दै लाभांश बितरणको प्रस्ताव गरेको हो ।

मर्चेण्ट बैंकरहरुमा एनआईसी एशियाले सबैभन्दा पहिले लाभांश प्रस्ताव गर्दै साधारण सभा बोलाएको हो ।

क्यापिटलले २०७७ भदौ १८ गते साधारण सभा बोलाएको छ । उक्त साधारण सभाले अनुमोदन गरेपछि लाभांश रकम एनआईसी एशिया बैंकले पाउनेछ । अहिले क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ ।

एनआईसी एशिया बैंकको शतप्रतिशत स्वामित्व रहेको क्यापिटलले बितरण गर्ने नगद लाभांश एनआईसी एशिया बैंकको आम्दानीमा गणना हुनेछ ।

पछिल्ला दिनहरुमा व्यवसाय बिस्तारमा आक्रामक बनिरहेको एनआईसी एशिया बैंकले आम्दानीका स्रोतबाट लाभांश तथा आम्दानी संकलनलाई पनि तीव्र बनाएको हो । बैंकको यस्तो सक्रियताले पहिलो त्रैमासमा पर्न सक्ने सम्भावित असरलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने देखिन्छ ।