रिलायन्स लाइफको आइपीओ भदौ ४ देखि, १० कित्ता सबैले पाउने सम्भावना

रिलायन्स लाइफको आइपीओ भदौ ४ देखि, १० कित्ता सबैले पाउने सम्भावना


बैकिङ्ग समाचार  ।

नयाँ जीवन बीमा कम्पनीहरुमा रिलायन्स लाइफ इन्स्योरेन्सले आइपीओ भदौ ४ देखि गर्ने भएको छ ।

रिलायन्सले ६३ लाख कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो । जसमा ५ प्रतिशत सेयर सामुहिक लगानी कोषलाई ५ प्रतिशत कर्मचारीलाईको आरक्षण गरिएको छ । 

सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो । यो आधारमा ५ लाख ६७ हजारले न्यूनतम १० कित्ता सेयर पाउँछन् ।

अहिलेसम्म परेको आवेदनको हिसाबले हेर्दा रिलायन्सको आइपीओमा आवेदक सबैले १० कित्ता र केहीले २० कित्तासम्म सेयर पाउने सम्भावना देखिन्छ ।

२ अर्ब १० करोड चुक्ता पूँजी रहेको रिलायन्सले ३० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । रिलायन्स लाइफ इन्स्योरेन्स केडिया अग्रनाइजेशको बढी सेयर स्वामित्व रहेको छ ।

जसले सिदार्थ बैंक,सिदार्थ इन्स्योरेन्स समेत संचालन गर्छ । भदौ ४ देखि खुल्ने आइपीओ भदौ ८ गते छिटोमा बन्द हुने छ ।