सरकारको कोरोना कोषमा नेपाल बैंकको ३ करोड ५० लाख थप सहयोग

सरकारको कोरोना कोषमा नेपाल बैंकको ३ करोड ५० लाख थप सहयोग


बैकिङ्ग समाचार । 

नेपाल स्टक एक्सचेन्ज नेप्सले कोरोना महामारी न्यूनीकरणको प्रयास स्वरुप आफूले प्रदान गर्ने प्रायः सेवा डिजिटल माध्यमबाट गर्ने भएको छ ।

साथै नेप्सेले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर भौतिक उपस्थिति कम गरी अनलाइन शेयर कारोबार गर्न गराउन समेत निर्देशन दिएको छ ।

नेप्सेले मंगलबार एक सूचना जारी गर्दै सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने कामकार्वाहिका लागि भौतिक उपस्थिति कम गर्ने र नेप्सेमा पठाउनुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत पठाउन आग्रह गरेको छ ।

यस्तै सदस्य दलाहरुले कार्यालय संचालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डहरु कडाईका साथ पालना गर्न भनेको छ । सदस्य दलाहरुलाई अनलाइन मार्फत शेयर कारोबार गर्न गराउन समेत निर्देशन दिएको छ।

नेप्सेले सदस्य दलालहरुले पठाउने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेलमा पठाउन भनेको छ । यसैगरी संस्थापक शेयरको कारोबार गर्न गराउन सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्न, सूचीकृत कम्पनीको नवीकरण शुल्क, सूचीकरण सम्झौता अनुसारका विवरण लगायतका कागजातहरु इमेलबाट पठाउन भनेको छ ।