मुक्तिनाथ बैंकका ग्राहकलाई विभिन्न व्यावसायिक संस्थाका सेवामा छुट अफर

मुक्तिनाथ बैंकका ग्राहकलाई विभिन्न व्यावसायिक संस्थाका सेवामा छुट अफर


बैकिङ्ग समाचार ।
मुक्तिनाथ विकास बैंकले विभिन्न व्यावसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

बैंकले नेपमेड्स अनलाइन फार्मेसी, इजी कियर अनलाइन फार्मेसी, अलमा आरटेस तथा बाजेको सेकुवासँग छुट सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सेवा सुविधा लिँदा १५ प्रतिशत सम्मको छुट पाउने बैंकले जनाएको छ ।

बैंकले ब्यालेन्स सटिर्फिकेट, चेकबुक तथा गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तर शाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले भिषा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीइमबाट बिना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।