कुमारी बैंकमा गाभिएको देव विकास बैंकको बोनस पाउन कर तिर्नुपर्ने

कुमारी बैंकमा गाभिएको देव विकास बैंकको बोनस पाउन कर तिर्नुपर्ने


बैकिङ्ग समाचार ।
देव विकास बैंकको बोनस शेयर पाउनका लागि बैंकका शेयरधनीले कर तिर्नुपर्ने भएको छ ।

विलय प्रक्रिया पूरा भएपछि कुमारी बैंकले देवतर्फका हालसम्म बोनस शेयर नपाएका शेयरधनीलाई कर तिर्न आग्रह गरेको हो । 

बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलले २०७६ असार ३० गतेपछि देव विकास बैंकको शेयर खरिद गरेका लगानीकर्तालाई बोनस शेयरमा लाग्ने कर तिर्न भनेको हो । देवले अघिल्लो आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ८.५५ प्रतिशत बोनस बितरण गर्ने निर्णय गरेको थियो ।

कुमारी बैंकको खाता नम्बर १२९१५०२००१०२० मा कर वापतको रकम जम्मा गरी दिन शेयरधनीलाई आग्रह गरेको छ ।