एनआईसी एशिया क्यापिटलका दुई फण्डले घोषणा गरे लाभांश

एनआईसी एशिया क्यापिटलका दुई फण्डले घोषणा गरे लाभांश


बैकिङ्ग समाचार ।

एनआईसी एशिया क्यापिटल मार्फत संचालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्।

कम्पनी संचालक समितिको साउन २६ मा सम्पन्न ७५औं बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीहरुलाई १२ प्रतिशत (कर सहित) तथा दोस्रो योजना एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई ८ प्रतिशत (कर सहित) का दरले लाभांश वितरण गर्ने जनाएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डका इकाई धनीलाई १० करोड २ लाख २४ हजार रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई  ६ करोड ४ लाख नगद लाभांश वितरण गर्नेछ ।

गत असार मसान्तसम्ममा ग्रोथ फण्डको खुद सम्पति मुल्य ११.७८ रुपैयाँ तथा ब्यालेन्सड् फण्डको खुद सम्पति मूल्य ११.०८ रुपैयाँ छ ।