एनएमबि बैंकको नयाँ ब्याजदर, कुन शीर्षकमा कति ?

एनएमबि बैंकको नयाँ ब्याजदर, कुन शीर्षकमा कति ?


बैकिङ्ग समाचार । 
एनएमबि बैंकले साउन २६ गते सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.७५ प्रतिशत मात्र ब्याज दिने जनाएको बैंकले संस्थागत मुद्दतीमा ७ प्रतिशत मात्र ब्याज  दिनेछ । नवीकरण हुने संस्थागत निक्षेपमा भने बैंकले ७.१ प्रतिशत ब्याज दिनेछ ।

५ वर्ष वा सोभन्दा बढी अवधिका लागि मुद्दती निक्षेप गर्ने व्यक्तिलाई भने बैंकले ८.२५ प्रतिशत ब्याज दिने जनाएको छ ।

त्यसैगरी कर्जातर्फ एनएमबिले कर्जा तर्फको ब्याजदर न्यूनतम १०.९५ प्रतिशतबाट सुरु हुने जनाएको छ । यस्तो कर्जाको अधिकतम ब्याजदर १३।९५ प्रतिशत हुने बैंकले जानकारी दिएको छ ।

बैंकले विभिन्न शीर्षकका ५० भन्दा बढी किसिमका कर्जाहरुमा आधार दरमा २ देखि ५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण हुने बताएको हो । बैंकको आधार दर ८.९५ प्रतिशत छ । यसै आधार दरका आधारमा माथिका कर्जाका व्याजदर निर्धारण हुनेछन्।

बैंकले घर कर्जा र घरको छानामा राखिने सोलारमा भने फरक ब्याजदर घोषणा गरेको छ। बैंकका अनुसार कम्तीमा १० वर्षका लागि लिइने सोलार कर्जामा सिधै ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशत ब्याज लाग्नेछ । 

त्यसैगरी बैंकले घर कर्जा लिनेहरुका लागि कर्जा अवधि नभई २ वर्षसम्म ८.९९ प्रतिशत निश्चित ब्याजदर निर्धारण गरेको छ भने ५ वर्षसम्म ११ प्रतिशत ब्याज स्थिर हुने जनाएको छ। यो कर्जाको अवधि भने सेवाग्राहीसँगको सम्झौता अनुसारको हुने बैंकले प्रष्ट पारेको छ।