ज्योति विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख सहयोग

ज्योति विकास बैंकद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख सहयोग


बैकिङ्ग समाचार ।
ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले १२ औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत उक्त सहयोग प्रदान गरेको हो । डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा अनुसार आज दुई संस्थाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा. महावीर पुनले हस्ताक्षर गरे ।

उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउनका लागि आवश्यक ८ लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नेछ । ती उपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई प्रदान गरिनेछ ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको बेबी वार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्युदर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्त सम्झौता गरेको हो ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।