बैंक अफ काठमाडौंको संस्थापक शेयर लिलामीबाट बिक्री गरिने,भदौ १ देखि आवेदन खुल्ने

बैंक अफ काठमाडौंको संस्थापक शेयर लिलामीबाट बिक्री गरिने,भदौ १ देखि आवेदन खुल्ने


बैकिङ्ग समाचार ।
बैंक अफ काठमाडौं लिमिटेडको संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बोलकबोलबाट बिक्री गरिने भएको छ।

बैंकको सञ्चालक समितिले उक्त शेयर बिक्रीका लागि लिलामी खोल्ने भएको हो। यसका लागि भदौ १ गदेखि बोलकबोल खुल्ने भएको छ।

शेयरहरू खरीद गर्न ईच्छुक अहिलेका संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति तथा संगठित संस्थाले मिति भदौ ८ गते २ बजेभित्र आवेदन बुझाइसक्नुपर्ने छ।

बैंकले शेयरका लागि बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेडलाई तोकेको छ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर १४० रुपैयाँ तोकिएको छ। एउटा व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत् आवेदन दिनुपर्नेछ । साथै बोलपत्र फारम लाहाछाप लगाई शीलबन्दी गरिएको हुनुपर्नेछ ।

बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको शेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोले मान्यता पाउने छ।

बोलपत्र पेश गर्दा न्यूनतम १,००० कित्ता अधिकत्तम ३१६,१५६ कित्ताका लागि आवेदन दिन सकिनेछ ।