सामसङको दही बनाउने फ्रिज नेपालमा

सामसङको दही बनाउने फ्रिज नेपालमा


बैकिङ्ग समाचार । 

कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपालीबजारमा दही बनाउने ‘‘कर्ड मेइसट्रो टिएम’’ रेफ्रिजेनेरेटर नेपाली बजारमा ल्याएको छ। यसले खानेकुरालाई सुरक्षित मात्र नराखी खानेकुरा तयार समेत गर्ने कम्पनीले बताएकाे छ।

यसबाट ग्राहकले दैनिकरुपमा आफ्नो आवश्यकताअनुसार दही आफैले घरैमा बनाउन सक्छन्। यो सामसङको एक नयाँ प्रविधि हो। नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्रीबितरण गरिएका कम्पनीले बताएको छ।

यसले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्दछ। यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिन्छ।

यसबाट कन्टेनरलाई झिकेर त्यसमा मनतातो दुध राख्ने। त्यसमा थोरै कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरमा राख्ने। यसपछि कर्ड अप्सनलाई छनोट गर्ने।

यो रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ।

कम्पनीकाअनुसार यसले जस्तोसुकै मौसममा पनि एकनाशको दही बनाउन सघाउँछ। रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध छ।

यो नेपालअधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापारमा उपलब्ध रहेको छ। यसका मोडेलहरु ६३ हजार ९ सय ९० देखि रु ७८ हजार, ९ सय ९० रूपैयाँसम्ममा उपलब्ध हुने कम्पनीले बताएको छ।