इसेवा मनि ट्रान्सफर र बिएफसीबीच डिजिटल रेमिट्यान्स् सम्झौता

इसेवा मनि ट्रान्सफर र बिएफसीबीच डिजिटल रेमिट्यान्स् सम्झौता


बैकिङ्ग समाचार । 

मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी (बिएफसी) र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ।

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु पुगेका छन्।

साथै बिएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेट (इसेवा आइडी) मा पैसा पठाउन सक्नेछन्।

नगदमा पठाइएको पैसा सिधै इसेवा वालेट (इसेवा आइडी) मा पाउँदा ग्राहकलाई ५५ रुपैयाँ क्यास ब्याक अफर पनि दिइएको छ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत् नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु कम्पनीको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।