नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढ्यो

नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढ्यो


बैकिङ्ग समाचार ।  
आर्थिक वर्ष ७६/७७ मा नागरिक लगानी कोषको नाफा १७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४६ करोड २३ लाख खुद नाफा गरेकोमा कोषले गत आर्थिक वर्ष ५४ करोड २६ लाख खुद नाफा कमाएको हो ।

कोषको ब्याज आम्दानी भने दोब्बर बढीले बढेको छ। कोषले अघिल्लो आर्थिक वर्षमा ३ करोड १३ लाख ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्ष ८ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ । कोषले हकप्रद निष्काशन मार्फत पुँजी ३ अर्ब पुर्याउने तयारी गरेको छ । 

यस अवधिमा  कोषको प्रति शेयर आम्दानी ३३ रुपैयाँ, प्रति शेयर नेट वर्थ २१८ र  लगानीमा प्रतिफल ८.८४ प्रतिशत रहेको छ । 

\"\"