निरन्तर बढिरहेको सुनको भाउमा ब्रेक 

निरन्तर बढिरहेको सुनको भाउमा ब्रेक 


बैकिङ्ग समाचार ।  
साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ९ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुनपनि आज तोलामा ९ सय रुपैयाँले नै घटेर १ लाख २ हजार १ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज आइतबार ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ९६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ५३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ कायम गरेको छ ।