१ अर्ब ९२ करोड पुग्यो सिटिजन लाइफको खुद बीमाशुल्क, नाफा कति ?

१ अर्ब ९२ करोड पुग्यो सिटिजन लाइफको खुद बीमाशुल्क, नाफा कति ?


बैकिङ्ग समाचार । 
आर्थिक वर्ष ७६/७७ मा सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब ९२ करोड ५७ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क एक अर्ब १२ करोड ५४ लाख ६४ हजार रुपैयाँ रहेको थियो  ।

यस अवधिमा इन्स्यारेन्सको खुद नाफामा सुधार आएको छ । यस अवधिमा कम्पनीले २० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको नाफा १५ करोड ३६ लाख ६ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद नाफा भने बीमाङकीय मूल्याङ्कन पछि फेरबदल हुन सक्ने छ  ।

एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिमा १३ करोड ७३ लाख ४८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा ५ करोड ४ लाख ६५ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो । कम्पनीमा भुक्तानी हुन बाँकी रकम दुई करोड ४९ लाख  ३ हजार रुपैयाँ रहेको छ ।