मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबिच सहकार्य 

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबिच सहकार्य 


बैकिङ्ग समाचार ।

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा तथा अन्य इन्टेरियर डिजाइनमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । 

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क गरेकोे छ ।

साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।