राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा ऋण दिने, ७.२५ % ब्याजदरमा  घर कर्जा 

राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा ऋण दिने, ७.२५ % ब्याजदरमा  घर कर्जा 


बैकिङ्ग समाचार ।
 पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक कर्जा विस्तारमा आक्रामक ढंगले उत्रिएको छ ।

बैंकले पछिल्लो समयको सस्तो ७.२५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको छ । २७ वटा वाणिज्य बैंकमा सबैभन्दा कम बेसरेट वाणिज्य बैंकको छ । त्यो हुँदा वाणिज्य बैंकको कर्जा अरुभन्दा सस्तो पर्छ ।

पछिल्लो समय बैंकहरुबीच नयाँ कर्जाको ब्याजदर घटाउन प्रतिस्पर्धा नै चलेको छ ।

घर र गाडी खरिदका लागि बैंकहरुले हरेक दिन नयाँ योजना ल्याउने गरेका छन् ।