डिजिटल ठगीको प्रयासपछि सनराईज बैंकको अपिलः कसैले गोप्य विवरण मागे नदिनु

डिजिटल ठगीको प्रयासपछि सनराईज बैंकको अपिलः कसैले गोप्य विवरण मागे नदिनु


बैकिङ्ग समाचार ।

सनराइज बैंकले साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै ग्राहकलाई सचेत रहन अनुरोध गरेको छ। बैंकले सम्पूर्ण ग्राहकलाई पासवर्ड र पिन नम्बर परिवर्तन गर्न, खाता कार्डमार्फत् भएको कारोबारको स्टेट्मेन्ट रुजु गराउन तथा शंका लागेमा तुरुन्तै बैंकमा खबर गर्न भनेको छ ।

ग्राहकसग गोप्य विवरण मागी डिजिटल भुक्तानीको माध्यमबाट ठगी गर्न खोजेको गुनासो प्राप्त भएको बैंकले जनाएको छ ।

बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बरलगायतका गोप्य विवरण मागेमा नदिनु सबै ग्राहकलाई सुचित गराएको छ ।

फेसबुक भाइबर लगायतका समाजिक संजालमार्फत् गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकले बताएको छ ।

साथै त्यसरी मागे बैंकिङ कारोबारसँग सम्बन्धित कुनै पनि जानकारी कसैलाई नदिन आग्रह गरेको छ।

ग्राहकको गोप्य विवरण बैंककै कर्मचारीले समेत फोन गरेर माग्न नमिल्ने भएकाले यस्ता कल ठगले गरेको हुन सक्ने बैंकले बताएको छ।