६० % वाणिज्य बैंकको शेयर मूल्य ३ भन्दा कम, आधा दर्जनको २ सय 

६० % वाणिज्य बैंकको शेयर मूल्य ३ भन्दा कम, आधा दर्जनको २ सय 


बैकिङ्ग समाचार ।
शेयर बजारमा सूचीकृत रहेका २६ वाणिज्य बैंकमध्ये ६० प्रतिशत वाणिज्य बैंकहरुको शेयर मूल्य तीन सय रुपैयाँ भन्दा कम छ । साउन २२ गते बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार आधादर्जन वाणिज्य बैंकको शेयर मूल्य दुई सय रुपैयाँमै खरीद गर्ने अवसर छ।

हाल संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक शेयर बजारमा सूचीकृत छैन् । सूचीकृत रहेका २६ वाणिज्य बैंकहरुमध्ये १६ बैंकको शेयर मूल्य ३ सय रुपैयाँ तल र ६ वाणिज्य बैंकको शेयर मूल्य २ सय रुपैयाँ भन्दा पनि कम छ । सबैभन्दा धेरै मूल्य भएको नबिलको मात्र आठ सय माथि छ।

शेयर बजारमा सबैभन्दा सस्तो शेयरमूल्य सिभिल बैंकको छ । जसको शेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ छ । त्यस्तै दोस्रो कम मूल्य भएको सेञ्चुरीको १९४ रुपैयाँ छ । एनसीसी, कुमारी, सिटिजन र एनबी बैंकको शेयर दुई सय रुपैयाँ कममै खरीद गर्न पाइने अवस्था छ ।

मेगा, बैंक अफ काठमाण्डौ, लक्ष्मी, माछापुच्छ्रे, प्रभु, सनराइज, ग्लोबल आइएमई, नेपाल, प्राइम र सिद्धार्थ बैंकको शेयर ३ सय रुपैयाँ भन्दा कम मूल्य छ भने सानिमाको ४ सय रुपैयाँ तल छ । कृषि, एनएमबि, एसबिआई र एनआईबीको शेयरमूल्य ५ रुपैयाँ भन्दा कम छ।

शेयर बजारमा सबैभन्दा महंगो शेयर मूल्य भएको वाणिज्य बैंकमा नबिल बैंक छ । नबिलको शेयर मूल्य प्रतिकित्ता ८१७ रुपैयाँ छ । यस्तै दोस्रोमा रहेको एभरेष्टको ७१७ तथा तेस्रोमा रहेको स्ट्याण्र्डड चार्टर्डको ६४३ रुपैयाँ छ । एनआइसी एशिया र हिमालयन बैंकको शेयर पनि साढे ५ सय रुपैयाँ भन्दा कम मै खरीद गर्न सकिन्छ ।