एनआइसी एशिया बैंक र सिजी मोटोकर्पबीच बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने सम्झौता

एनआइसी एशिया बैंक र सिजी मोटोकर्पबीच बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने सम्झौता


एनआइसी एशिया बैंक र सिजी मोटोकर्पबीच बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने सम्झौता
बैकिङ्ग समाचार । 
एनआइसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि.बीच एनआइसी बैंकलाई फाइनान्सिङ पाट्नर बनाउने सम्झौता भएको छ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरे।

उक्त ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्पले यस बैंकलाई फाइननान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्पका उपभोक्तालाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ।

यस बैंकको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरु लिएर कर्जामार्फत सुजुकी ब्राण्डका सवारी ग्राहकले किन्न सक्नेछन्।

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहाने ग्राहकले लिन सक्ने बैंकले बताएको छ।

यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ।

यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी भएको छ।

यो सुविधा सिजी मोटोकर्पका देशभर रहेका सबै डिलरहरूबाट ग्राहकले लिन सक्नेछन्।

यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ।

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ पाएपछि पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका लागि बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ।

एक वर्षपछि बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ।

यस बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।