टाटा ब्राण्डका कार एनआइसी एशियाको सवारी कर्जाबाट किन्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने

टाटा ब्राण्डका कार एनआइसी एशियाको सवारी कर्जाबाट किन्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने


बैकिङ्ग समाचार । 
एनआइसी एशिया बैंक र टाटा ब्राण्डका सवारी नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङबीच यस बैंकलाई फाइनान्सिङ बनाउने समझदारी भएको छ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सौरभ राज थपलियाले हस्ताक्षर गरे।

उक्त ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङले बैंकलाई फाइनान्सिङ बनाउने र बैंकले सिप्रदी ट्रेडिङका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ।

साथै यस बैंकको सुपर चमत्कारिक कर्जा योजनाअन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङद्वारा बिक्री गरिने टाटा ब्राण्डका कार किन्दा ग्राहकले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ।

यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य सुविधाहरूले भरिपूर्ण कर्जामार्फत टाटा ब्राण्डका कारहरू ग्राहकले किन्न सक्छन्।

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी किन्न चहानेले ग्राहकले लिन सक्नेछन्।

यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ।

यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्छ।

यो सुविधा सिप्रदी ट्रेडिङका देशभर रहेका सबै डिलरहरूबाट ग्राहकले लिन सक्नुहुने समझदारीपत्रमा उल्लेख छ।

यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ।

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ पाएपछि पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका लागि बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ।

एक वर्षपछि बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ।

यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा रहेको छ।