सेन्चुरी कमर्शियल बैंकले सुरु गर्यो थ्रीडी सेक्युर भिसा डेबिट/ क्रेडिट र ट्राभल कार्ड सेवा

सेन्चुरी कमर्शियल बैंकले सुरु गर्यो थ्रीडी सेक्युर भिसा डेबिट/ क्रेडिट र ट्राभल कार्ड सेवा


बैकिङ्ग समाचार । 
सेन्चुरी कमर्शियल बैंकले थ्रीडी सेक्युअर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ।

सो सम्झौताअनुसार उक्त बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट विभिन्न अनलाइन माध्यमबाट पनि सामान किन्न सकिन्छ।

पहिले यी कार्डबाट पैसा निकाल्न र सामान किन्न मात्रै मिल्थ्यो।

थ्रिडी सेक्युअर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओटिपी) आफ्नो मोबाइल वा ईमेलमा पाउन सक्छन्।

यो सेवामा कार्ड र ओटिपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकले बताएको छ।