एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच खानामा छुट दिनेसम्बन्धी सम्झौता

एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच खानामा छुट दिनेसम्बन्धी सम्झौता


बैकिङ्ग समाचार । 
नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट दिनेगरी सम्झौता भएको छ।

नेपाल एसबिआई बैंकका सबै भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत यस्तो छुट हुनेगरी सम्झौता भएको हो।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट सूदर्शन चापागाईबीच बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा सोल्टी इन्टरप्राइजेज प्रा.लिका कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको छ।