अजोड र युनाइटेड इन्स्योरेन्सको एकिकृत कारोबार आज,  सीईओमा श्रवण रावल नियुक्त 

अजोड र युनाइटेड इन्स्योरेन्सको एकिकृत कारोबार आज,  सीईओमा श्रवण रावल नियुक्त 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

अजोड र युनाइटेड इन्स्योरेन्सबीच भएको मर्जर सम्झौता पश्चात मिलेर बन्ने युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको आजबाट एकिकृत कारोबार सुरु भएको छ । युनाइटेड इन्स्योरेन्सको १ सय कित्ता सेयर बराबर अजोडको ८२.५ कित्ता हुने गरी अर्थात् १००ः ८२.५को स्वाप रेसियोमा मर्जर भएका हुन् । अजोड इन्स्योरेन्सले प्रभु इन्स्योरेन्ससँग मर्जर तोडेर युनाइटेडलाई रोजेको थियो ।

हाल युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड छ भने अजोडको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।  यी दुई कम्पनीबीच २०७९ पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल बिमा प्राधिकरणले यी दुई कम्पनीलाई पुस २९ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो । अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठलाई अध्यक्ष र सीईओ भने श्रवण रावललाई बनाईएको छ ।

युनाइटेड इन्स्योरेन्समा चौधरी ग्रुपको मुख्य लगानी छ भने अजोड इन्स्योरेन्समा भाटभटेनी समूह, कालु गुरुङ, आजाद श्रेष्ठलगायतको लगानी रहेको छ ।