मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट भुक्तानी गर्न सकिने

मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट भुक्तानी गर्न सकिने


बैकिङ्ग समाचार । 
अब मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ।

दुई बैंकबीच भएको यस्तो सम्झौताअनुसार मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिने भएको हो।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने बैंकले अपेक्षा लिएको छ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेन्ट चेक अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क प्रदान गर्दै आईरहेको छ।

साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एिटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ।