फर्म दर्ता तथा नवीकरण अनलाइनबाटै हुने

फर्म दर्ता तथा नवीकरण अनलाइनबाटै हुने


बैकिङ्ग समाचार । 
वाणिज्य विभागले फर्म दर्ता, नवीकरण तथा खारेजीका काम अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ। 

सेवाग्राहीलाई सहजहोस् भनेर दर्ता, नवीकरण तथा खारेजीलगायतका काम बुधबारबाट अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको विभागका सूचना अधिकारी रवीन्द्र आर्चायले बताए।

उनकाअनुसार विभागले एक जना अधिकृत र नायव सुब्बालाई खटाएर अनलाइन सेवा सुरु गरेको हो।

यस सेवाले टाढा–टाढाबाट सेवाग्राहीलाई धाउन नपर्ने, कार्यलयमा भीडभाड कम हुने र विभागलाई रेकर्ड राख्न सहज हुने छ।

सेवाग्राहीले डिओसी डट जिओभी डट एनपीमा अनलाईन फर्म दर्ता भन्ने लिंकमा गई दर्ता गर्न सक्ने छन्।

दर्ता भएपछि प्रमाणपत्र लिन भने सेवाग्राही विभाग आउनु पर्ने छ।

दीर्घकालीन योजना भएपनि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला अनलाइनमार्फत सेवा सुरु गर्दा सेवाग्राहीलाई अझ बढी प्रभावकारी हुने उनले बताए।

उनकाअनुसार अहिलेसम्म २ जनाले अनलाइनबाट फर्म दर्ता गरेका छन्।

साथै उपभोक्ताले एसएमएस, ट्वीटर, फेसबुक पेज, इमेल, इमोलगाइयतका सामाजिक सञ्जालबाट पनि गुनासो राख्न सक्ने व्यवस्था गरेको छ। यस अघि उपभोक्ताले टेलिफोनबाट मात्र गुनासो राख्न सक्थे।

आयात निर्यातका लागि दिइने इजाजत पत्र पनि अनलाइनमार्फत दिने योजना बनाएको आर्चायले बताए। उनकाअनुसार त्यसको लागि सफ्टवेयर निमार्णको काम हुँदै छ।