बैंकमा छिर्यो कोरोना,प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि  !

बैंकमा छिर्यो कोरोना,प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि  !


बैकिङ्ग समाचार ।
प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारी एक–एक गरी कोरोना संक्रमित हुँदै गर्दा प्रभु बैंकको बारा जिल्ला, सिमरास्थित शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 

काठमाडौं जिल्ला कागेश्वरी–२ घर भएका उक्त कर्मचारीको बाराको सिमरास्थित एक क्वारेन्टाइनमा भएको स्वाब संकलन गर्दा उनको कोरोना पोजेटिभ पुष्टि भएको प्रहरीले जनाएको छ । हाल ती कर्मचारीको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ । 

यसअघि बिरगंजमा नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो भने त्यसअघि धादिङमा मेगा बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसअघि बाणिज्य बैंकका एक ब्रान्च मेनेजर र कृषि बिकास बैंक लिमिटेडका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । सेन्चुरी कमर्सियल बैंक लिमिटेडका कर्मचारीमा पनि केहि समयअघि कोरोना संक्रमण पुष्टी भएको देखिएको थियो।