बैंकिङ्ग समाचार, काठमाडौं ।
विश्व बैंकको एक रिपोर्टले १ प्रतिशत माइग्रेसन कस्ट बढ्दा ०.१५प्रतिशत रेमिटेन्स घट्ने तथ्याङक रहेको आइएमई ग्रुपका बरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले बताएका छन । बैंकिङ्ग समाचारले आयोजना गरेको बैंकिङ्ग डिस्कोर्स–२०२३ कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले यो विश्व बैंकले सार्वजनिक गरेको रिर्पोट रहेको बताएका छन । रेमिटेन्सको क्षेत्रमा लामो कार्यअनुभव रहेका उनले बैंकिङ्ग डिस्कोर्स कार्यक्रमको तेस्रो प्यानल ‘रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य’ शिर्षकमा मोडेरेटरको भुमिकामा रहेका उनले यस्तो बताएका हुन । उनले त्यस प्यानलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार, नेपाल रेमिटेन्स एशोसिएसनका अध्यक्ष चन्द्र टण्डन र नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली रहेका थिए ।
प्रश्न गर्ने क्रममा सुमन पोखरेलले नेपालको सन्दर्भमा रेमिटेन्सको महत्व रहेको र रेमिटेन्ससँग जोडिएर आउने कुरा माइग्रेसन रहेको बताए । पृष्ठभुमिमा रेमिटेन्स र माइग्रेसनको लामो भुमिका बताउँदै उनले भने, ‘माइग्रेसनको बारेमा पनि हामी त्यत्तिकै जानकार हुनुपर्ने छ । किन माइग्रेसन हुन्छ ? कसरी हुन्छ ? कहिलेदेखि सुरु भयो ? भन्ने कुरा यत्तिकै महत्पुर्ण छ ।’ प्यानल सुरु गर्नु अगाडी माइग्रेसन र रेमिटेन्सलाई रोमाञ्चक रुपमा जोड्दै उनले विश्वमा यसबारे भएका कयौं अध्ययानहरुको बारेमा प्रकाश पारे । उनले भने, ‘यसमा म एउटा माइग्रेसनको कोडबाट सुरु गर्छु ।
संयुक्त राष्ट्र संघको एक महासभाले एउटा कोड भनेको छ ‘एज अ ग्लोबल कम्युनिटी वी फेस अ च्वाइस’ (as a global community we face a choice) यसको मतलव हामीसँग एउटा च्वाइस (choice) छ ।’ उनी भन्छन, ‘यसले विभिन्न प्रश्नहरु उब्जाउँछ । ( Do we want migration to be a source of prosperity and international solidarity, or a byword for inhumanity and social friction?) डु वी वान्ट माइग्रेसन टु बि अ सोर्स अफ प्रस्प्यारीटी एन्ड इन्टरनेशनल सोलिड्यारीटी, अर अ वाई वर्ड फर इन ह्युमानिटी एन्ड सोसल फिक्सन ।’
उनले भनेका छन, ‘हामीले यो माइग्रेसनलाई कता लैजाने भन्ने हाम्रो हातको कुरा हो । अहिले हेर्दा संसारमै झन्डै १८ करोड मानिस माइग्रेसनमा छन । आफ्नो देश छोडेर अन्त जाने प्रचलन झन्डै २ लाख बर्षदेखि सुरु भएको छ । आजको दिनमा विभिन्न मुलुकहरुमा १८ करोड मानिसहरुको मुभमेन्ट छ ।’ यसमा इकोनोमिक माइग्रेनसनको पक्ष अत्याधिक र यी सबैकुरा मनि मुभमेन्ट र रेमिटेन्ससँग सम्बन्धित रहेको बताउँदै उनले भने, ‘अहिले संसारमा माइग्रेसनको ट्रेन्ड हेर्ने हो भने खाडी मुलुकहरु नै अगाडी देखिन्छन ।
जहाँ आर्थिक अब्बलता छ, जहाँ अत्यन्तै छिटो आर्थिक वृद्धि भइरहेको छ त्यहाँ धेरै मानिसहरु माइग्रेट भइरहेका छन । यसमा एउटा तथ्याङक हेर्दा १९६० मा खाडी मुलुकहरुमा जम्मा २ लाख ४१ हजार आप्रवासी कामदारहरु थिए तर अहिले झन्डै ३ करोड आप्रवासीहरु काम गरिरहेका छन ।’ उनले भने, ‘हामीले यस्ता तथ्याङकहरु हेर्दा वैदेशिक रोजगार, माइग्रेसन, इकोनोमिक माइग्रेसनको दिशा र दायरा कता गइरहेको छ र के हुनसक्छ भन्ने कुरा देख्न सक्छौँ ।’
माइग्रेसनकै विषयमा बताउँदै उनले भने, ‘जापान र कोरिया जस्ता विकसित देशहरूमा एजिङ्ग जनसंख्या बढ्दै गइराखेको हुनाले काम गर्ने जनसंख्या कम हुँदै गएको छ । त्यहाँ पनि एउटा इकोनोमिक माइग्रेसनको ठूलो ट्रेन्ड देखिएको छ ।
माइग्रेसन सँगसँगै यसका विभिन्न पक्षहरु आउँछन । यसलाई ‘ब्रेन ड्रेन’ भन्ने हिसाबले कुरा आउन सक्छ र यसका माइग्रेसनका फरक–फरक पक्षहरु आउन सक्छन ।’ उनले भने, ‘माइग्रेसनको कस्टको कुराहरू पनि यसमा जोडिन्छन । यो सबै कुराहरूमा बहस गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’ एउटा के रहेछ भने १ प्रतिशत माइग्रेसन कस्ट बढ्दा ०.१५ प्रतिशत रेमिटेन्स घट्ने तथ्याङक पनि छ ।’
पुरा भिडियो
प्रतिक्रिया