साउन ३० गतेसम्म विराटनगरमा बैकिङ्ग काउन्टर बन्द

साउन ३० गतेसम्म विराटनगरमा बैकिङ्ग काउन्टर बन्द


बैकिङ्ग समाचार । 

विराटनगर महानगरपालिकाले बुधबारदेखि साउनभरी बैकिङ्ग क्षेत्रको नगद कारोबार बन्द गराएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न साउन ३० गतेसम्म बीराटनगर महानगरपालीकाले पूर्ण रुपमा लकडाउन गरेको छट । 

जसकारण बैंकमा भिडभाड बढ्ने र संक्रमण फैलिने भन्दै बैंकका क्यास काउन्टरहरु बन्द गरिउको छ ।

साउन ३० सम्म बैंकबाट भौतिक रूपमा हुने नगद कारोबार बन्द गरिने बताइएको छ । 

महानगरको आग्रहपछि सबै बैंक तथा वित्तीय संस्थाले बीराटनगरमा काउन्टरहरु बन्द गरेका छन् । डिजिटल भुक्तानी र एटीएमको प्रयोगबाट कारोबार गर्न महानगरले आग्रह गरेको छ ।