आई-पे रेमिटको ब्रान्ड एम्बेसेडरमा नायिका वर्षा शिवाकोटी

आई-पे रेमिटको ब्रान्ड एम्बेसेडरमा नायिका वर्षा शिवाकोटी


बैकिङ्ग समाचार । 

वि.स. २०६८ मा स्थापना भई नेपालमा रेमिटेन्स् भित्राउन अग्रणी स्थानमा रहेको आई पे रेमिटले हालसालै आफ्नो नयाँ ब्रान्ड एम्बेसेडर अभिनेत्री वर्षा शिवाकोटीलाई नियुक्त गरेको छ ।

आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्स मार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाईएको पैसा जापान, मलेसिया, कतार, दुवईजस्ता देशहरुबाट नेपालमा बसोबास गर्ने आफ्ना परिवारलाई छिटो, सुरक्षित र भरपर्दो माध्यम प्रयोग गरेर पठाउन मद्दत गर्दै आएको कम्पनीको दाबी छ । यसै सन्दर्भमा आई पे रेमिटले नयाँ ब्रान्ड एम्बेसेडरका रुपमा चर्चित अभिनेत्री वर्षा शिवाकोटीलाई चयन गरेको जानकारी दिएको छ । 

अब आगामी दिनहरुमा अभिनेत्री वर्षा शिवाकोटीलाई आई पे रेमिटको ब्रान्ड प्रतिनिधिका रुपमा देख्न सकिने कम्पनीले जनाएको छ ।