बैंकर मनोज ज्ञवाली: ज्योति विकास बैंक छाडेर नबिल बैंकको डिजिएममा नियुक्त

बैंकर मनोज ज्ञवाली: ज्योति विकास बैंक छाडेर नबिल बैंकको डिजिएममा नियुक्त


बैकिङ्ग समाचार । 
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट साढे तीन महिना अघि राजीनामा दिएका बैंकर मनोज ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नियुक्त भएका छन् ।

ज्ञवालीलाई नलिबमा चिफ फाइनान्स अफिसर (सीएफओ) को जिम्मा दिइएको बैंक संचालक समतिका अध्यक्ष शम्भु पौडेलले नोटबजारलाई जानकारी दिए । उनले आजैबाट आफ्नो  कार्यभार सम्हाल्दैछन ।

ज्ञवालीले ज्योति विकास बैंकमा २ वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका थिए । ज्योतिबाट बाहिरिएको करिब साढे तीन महिनाको अन्तरालपछि उनी नबिल पुगेका हुन । ज्ञवालीसँग बैंकिङ क्षेत्रमा २१ वर्षको अनुभव छ ।

नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन (सीए) समेत हुन् । ज्योति विकास बैंकअघि ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटलमा समेत काम गरेका थिए । उनी डेभलपमेन्ट बैंक एशोसिएसनका निवर्तमान महासचिव समेत हुन् । ज्ञवाली ज्योति विकासबाट बाहिरिएपछि विकास बैंक एशोसिएसनमा प्रमुख सल्लाहकारको रुपमा रहेका थिए ।