ब्रोकर लाइसेन्स माग्दै ११ वटा बैंकका सहायक कम्पनी नेप्सेमा

ब्रोकर लाइसेन्स माग्दै ११ वटा बैंकका सहायक कम्पनी नेप्सेमा


बैकिङ्ग समाचार । 

ब्रोकर लाइसेन्स माग्दै ११ वटा बैंकका सहायक कम्पनी नेप्सेमा

बैकिङ्ग समाचार । 
झण्डै एक वर्षअघि नै सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आवेदन दिएका ११ वटा बैंकले आवेदन दिएका थिए ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनुअघि केही अध्ययन आवश्यक भएको भन्दै प्रक्रिया रोक्न नेप्सेलाई मौखिक निर्देशन दिएको थियो ।

समितिको निर्देशनपछि नेप्सेले ती बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न सिफारिस गरेर धितोपत्र बोर्डका पठाउन सकेको छैन ।  समितिले उक्त कार्य रोकेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

उक्त समितिले झण्डै एक वर्ष लगाएर तयार पारेको प्रतिवेदनमा विभिन्न ११ वटा प्रश्नको सम्बोधन गर्दै बैंकको सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन भनेको छ । ती प्रश्नको जवाफ नभेटिएसम्मको लागि ती ११ वटा बैंकका सहायक कम्पनीले लाइसेन्स पाउने सम्भावना छैन ।

कुन कुन बैंकले आवेदन दिएका थिए ?

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे सेक्युरिटीज, 
सिटजन बैंकको सिबीआईएल सेक्युरिटीज, 
मेगा बैंकको मेगा स्टक मार्केट, 
एनआइसी एशिया बैंकको एनआईसी एशिया सेक्युरिटीज,
नेपाल बंगलादेश बैंकको एनबीबीएल सेक्युरिटीज, 
कुमारी बैंकको केबिएल सेक्युरिटीज, 
तत्कालीन जनता जेबीएनएल सेक्युरिटीज, 
सानिमा बैंकको सानिमा सेक्युरिटीज, 
सेञ्चुरी बैंकको सेन्चुरी स्टक, 
प्रभु बैंकको प्रभु सेक्युरिटिज र 
सिभिल बैंकको सिभिल सेक्युरिटीज रहेका छन् ।