मादमे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले वित्तीय व्यवस्थापन गर्ने

मादमे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकले वित्तीय व्यवस्थापन गर्ने


बैंकिङ्ग समाचार । 
एनएमबि बैकले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंकका रुपमा वित्तीय व्यवसथापन गरेको हो ।

आयोजनामा सह-वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक  छन् ।

२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४.४८ अर्ब रुपैयाँ रहेको छ जसमध्ये बैकहरुको लगानी कुल ३.३२५ अर्ब रुपैयाँको हुनेछ ।

यो आयोजनासहित एनएमबि बैकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।