लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त


बैकिङ्ग समाचार ।  
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

भट्ट हाल राष्ट्रिय योजना आयोगका सदस्य छन्  । यसअघि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि खाली भएको बोर्डमा सरकारले भट्टलाई ल्याएको हो ।

विवादस्पद छबि भएका भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने आरोप लाग्ने गरेको छ ।