बैकिङ्ग समाचार ।
बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रोपटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ घाेषित गरी पुरस्कार प्रदान गरेकाे छ।
बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। नबिललाई समग्र बैकिङ्ग कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट ठहराउँदै पुरस्कृत गरिएको हो।
सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैकिङ्ग क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ।
‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रियस्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ।
नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन्।





About Us
प्रतिक्रिया