अमिताभ बच्चन कोरोना जितेर अस्पतालबाट डिस्चार्ज

अमिताभ बच्चन कोरोना जितेर अस्पतालबाट डिस्चार्ज


एजेन्सी ।
बलिवुडका महानायक अमिताभबच्चन कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

छोरा अभिषेक बच्चनले सामाजिक मिडियामा आफ्ना पिताको परिक्षण निगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण भएका ७७ बर्षिय अमिताभ बच्चन गत असार २७ गते मुम्बई स्थित ननावती अस्पतालमा भर्ना भएका थिए ।

अमिताभ बच्चनले कोरोना जितेर डिस्चार्ज भएपनि अभिषेक बच्चनलाई भने अझै ठिक नभएको अभिषेक आफैले जानकारी दिएका छन् ।

अभिषेकले आफु अझै कोरोनाको उपचार गराइरहेको र अस्पतालमै रहने जानकारी दिएका छन् ।

अमिताभ बच्चन भने ठिक भएर आफ्नो घर पुगिसकेका छन् । अभिषेकले आफ्ना पिताको सु स्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।   

त्यस्तै बच्चन परिवारकी बुहारी अभिनेत्री ऐश्वर्या राय बच्चन  र नातिनी आराध्या बच्चन पनि कोरोना जितेर यस अघि श्रावण १२ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।