४२ अंकले नेप्से घट्दा एक अर्ब ८४ करोडको सेयर किनबेच

४२ अंकले नेप्से घट्दा एक अर्ब ८४ करोडको सेयर किनबेच


बैकिङ्ग समाचार । 
आइतबार सेयर बजारको परिसूचक नेप्से ४२ अंकले झरेको छ।

४२. ७३ अंकले झरेको नेप्से १ हजार ३ सय ९६ अंकमा कायम भएको छ।

यस दिन कारोबार भने उल्लेख्य बढेको छ। आइतबार १ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन सबै उपसमूहहरु घटेका छन्।

बैंकिङ ४१, व्यापार १६, होटल ७१, विकास बैंक ५४, जलविद्युत र फाइनान्स समान १४, निर्जीवन बीमा २३१, उत्पादन ६६, अन्य १२, माइक्रोफाइनान्स ७४, जीवन बीमा समूह २८३ अंकले ओर्लिएका छन्।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी २२ करोड रुपैयाँको कारोबार भएको छ। सो कम्पनीको मूल्य पनि घटेर प्रतिकित्ता ५८६ रुपैयाँ कायम भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १४ करोडको कारोबार भएको छ।

आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। नेपाल फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको मूल्य पनि ९ प्रतिशत बढीले बढेको छ।

जोशी हाइड्रोको मूल्य भने १० प्रतिशतले नै घटेको छ। त्यस्तै ओरेन्टल होटलको मूल्य ७.८८ प्रतिशतले घटेको छ।