काठमाडौंमा मास्क नलगाउनेलाई एक सय जरिवाना, एक हजार भन्दा धेरै कारबाहीमा

काठमाडौंमा मास्क नलगाउनेलाई एक सय जरिवाना, एक हजार भन्दा धेरै कारबाहीमा


बैकिङ्ग समाचार । 
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गराउन थालेको छ।

मास्क नलगाई हिँडेको पाइए संक्रमण रोग ऐन २०२० को दफा (२) बमोजिम एक सय जरिवाना लिन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

‘पहिले त हामीले मास्क नलगाई हिँड्नेलाई केही समय होल्ड गरेर सम्झाई-बुझाई गरेर पठाउने गरेका थियौं। धेरैले लापरबाही गरेपछि रसिद नै छापेर कारबाही अगाडि बढाएका हौं,’ दाहालले  भने।

पहिलो लटको एक हजार पत्र रसिद सकिएर अर्को हजारप्रति रसिद प्रहरीलाई दिइसकिएको उनले जानकारी दिए।

‘हामीले रसिदको नमूना भक्तपुर र ललितपुरलाई पनि पठाएका छौं। उहाँहरूले पनि छिट्टै सुरू गर्नुहुन्छ होला,’ उनले भने।

\"\"

सर्वसाधारणले अझै लापरबाही गरे संक्रमण रोग ऐन २०२० अनुसार कैद समेत गर्न सकिने दाहालले बताए।

सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाहिर हिँड्डुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने नियम लगाएको थियो।