सुनको मूल्य ९९ हजार कट्यो

सुनको मूल्य ९९ हजार कट्यो


बैकिङ्ग समाचार ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार कटेको छ। बिहीबार ९९ हजारमा कारोबार भएको सुन आज ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा पुगेको छ। बिहीबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।