सांग्रिला डेभलपमेन्ट बैंकको ब्याज रकममा २० प्रतिशत छुट योजना

सांग्रिला डेभलपमेन्ट बैंकको ब्याज रकममा २० प्रतिशत छुट योजना


बैकिङ्ग समाचार । 

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि साउन महिनाको ब्याज रकममा '२० प्रतिशत छुटको योजना' ल्याएको छ।

बैंकका सेवाग्राहीले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम साउन मसान्तसम्म भुक्तानी गरेमा साउन महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने व्यवस्था गरिएको बैंकले बताएको छ।

ब्याज रकममा प्रदान गर्ने यस छुटले सेवाग्राहीहरुलाई हालको परिस्थितिमा केही सहयोग पुग्ने डेभलपमेन्ट बैंक विश्वस्त रहेको छ।

यस बैंकले ९१ शाखा कार्यालयहरु, ३० एटिएममार्फत् सेवा दिदैं आएको छ।