सानिमा जनरल इन्स्योरेन्सले माग्यो आईपीओ जारी गर्ने अनुमति

सानिमा जनरल इन्स्योरेन्सले माग्यो आईपीओ जारी गर्ने अनुमति


बैकिङ्ग समाचार । 
सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ।

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न असार १४ गते बोर्डमा निवेदन दिएको हो।

सर्वसाधारणलाई आईपीओ बिक्री लागि कम्पनीले आईपीओ रेटिङ्ग सम्पन्न गरिसकेको छ। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने केयर एनपी बीबी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले यस अघिनै आईपीओ

निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

गत माघ २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले संस्थापकहरुबाट ७० करोड चुक्तापूँजी कायम गरिसकेको छ । सर्वसाधारणलाई ३० करोड बराबरको आईपीओ विक्री गरेपछि कम्पनीको चुक्तापूँजी एक अर्ब पुग्नेछ।